गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक

काठमाडौं, असोज ६ । गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । उहाँको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेख्नुभएको हो । गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।
प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन शेयर गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय