
काठमाडौँ, असोज ८ । केही वर्षदेखि क्यानडामा बस्दै आउनुभएकी गायिका देबिका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याउनुभएको छ । गीतलाई शिब हमालले लेख्नुभएको हो । यो गीतको भिडियोलाई शिब हमालकै अफिसियली युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिनुभएको छ । शनी र देविकाको स्वरलाई दर्शकले रुचाउनुभएको छ । यतिबेला यो गीतको भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा समेत परेको छ ।
‘दर्शक श्रोताले गीत र भिडियोलाई मन पराईदिनु भएको छ । अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु ।’ गायिका देविकाले भन्नुभयो । यसका गीतका तथा संगीतकार शिब हमाल पनि दर्शकबाट आफुहरुले राम्रो प्रतिक्रिया पाएको बताउनुहुन्छ ।
यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यि दुबैलाई कलाकार सुनिल क्षेत्रीले नचाउनुभएको छ । यो गीतको भिडियो निर्देशन सुनिल क्षेत्रीले गर्नुभएको हो । यो गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईको सम्पादन रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=gHEijkGeHcM&t=228s