काठमाडौैं, असोज १० । नव गायिका अफ्रिता खड्गीले आफ्नो डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गर्नुभएको छ । भोइस अफ नेपाल सिजन ३ मार्फत उहाँ दर्शक स्रोता माझ परिचित हुनुहुन्छ ।
यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड रहनुभएको छ भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।
कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गर्नुभएको हो। सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहनुभएको छ । भिडियोमा संजु थलाङको मेकअप रहेको छ । हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो ।
‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ । म्युजिक भिडियोले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
भिडियो लिंक
https://youtu.be/8FfjbCBWUvw