Kath khabar
प्रधानमन्त्री देउवाको एक मात्र विकल्प : छिटो चुनाव

प्रधानमन्त्री शेर बहादुर देउवाले साढे दुई महिनासम्म पनि मन्त्रीमण्डलाई पूर्णता दिन सक्नुभएको छैन । फटाफट काम नगर्ने उहाँको विगतको शैली यसपालि पनि फेरि उजागर भएको छ । पाँच पटक प्रधानमन्त्री भएपनि देउवाले जनतामाझ एक कुसल प्रधानमन्त्रीको छाप छोड्न नसक्ने देखिएको छ । राजाबाट असक्षमताको उपाधि पाउनु भएका देउवा जनताको नजरमा पनि असफल देखिदै हुनुहुन्छ । विगतका चार चोटिका अनुभवले देउवाले आफ्नो कार्यशैली सुधार्ने धेरैले कामना गरेपनि उहाँले विगतभन्दा फरक छवी प्रस्तुत हुने संभावना क्षिण हुदै गएको छ । यसपालि देउवाको चाहनाभन्दा पनि वर्तमान सरकारको गठबन्धनको स्वरुप र चरित्र हेर्दा देउवाले विगतको छवी सुधार्ने भन्दा विगार्ने देखिएको छ । देउवा असफल हुनमा उहाँको आत्मगत तथा देशको वुस्तगत अवस्थालाई यसरी क्रमबद्द विस्लेषण गर्न सकिन्छ ।

शेर बहादुर देउवा राजनितिमा एउटा विचार संगठकका रुपमा भन्दा पनि वि. पी कोइरालाका सहयोगीका रुपमा आउनुभएको देखिन्छ । कांग्रेसमा वि पी  , गणेशमान र कृष्णप्रशाद भट्टराई जस्तो अलग  पहिचान र व्यक्तित्व भन्दा पनि गिरिजा प्रशाद कोइराला , सुशील कोइराला जस्तै कोइराला परिवारको सहयोगीका रुपमा देउवा राजनितिमा प्रवेश गर्नुभएको हो ।  राजनिति संगठनमा क्रियासिल हुने खेलमात्र नभएर विचार र दर्शनले नेतृत्व गर्ने विषय भएको हुदा देउवामा दृस्टिकोणको नै अभाव देखिन्छ । उहाँमा निस्चीत अडान र वर्तमान संसदीय ब्यवस्थामा नेपालको बस्तुस्थीतिमा यसको मोडेल निर्माणभन्दा पनि  परंपरागत संसदिय ब्यवस्थाका खेलाडीको रुपमा देखिनुभएको हुदा उहाँ निस्चीत घेरामा बाधिनुभएको छ । नेपालको वर्तमान रास्ट्रिय तथा अन्तरास्ट्रिय परिवेसमा एउटा स्वार्थ समुहको घेरामा बसी देश सञ्चालन गर्न सम्भव देखिदैन । देउवाले छुट्टै भिजनमा कायम गर्ने  र देशलाई अगाडि बढाउने प्रयास गरेको पनि देखिदैन । राजनैतिक विचारमा सधै अलमलमा रहने देउवा कहिले दक्षिणपन्थी जस्तो त कहिले प्रजातन्त्रबादी जस्तो उहाँको चरीत्रले  उहाँले देशमा सही दृस्टिकोण संचार गर्न सक्नुभएको छैन । समग्रमा  देउवामा अन्तरास्ट्रिय समस्यालाई हेर्ने तथा रास्ट्रिय समस्यालाई समाधान गर्ने निस्चीत दृस्टीकोण नहुदा उहाँ असफल हुने  संभावना छ ।

शेर बहादुर देउवाको राजनैतिक चरित्र संझौतापरस्त देखिएको छ । सबैलाई मिलाएर लान सक्ने विरोधीलाई हेपेर नबोल्ने उहाँमा राम्रो बानी छ । राजनितिमा सबै पक्षलाई मिलाउदा एउटा निस्चीत दृस्टिकोणको अभाव हुन्छ । उहाँले विगतमा सत्ता बचाउन राजासँग समेत संझौता गर्नुभएको थियो जसको मूल्य उहाँ र देशको लागि भारी भएको थियो । उहाँले सत्ता बचाउन इतिहास कै ठूलो मन्त्रीमण्डल गठन गर्नुभएको थियो जहाँ कुल सांसद संख्याको झण्डै एक चौथाइ सदस्य उहाँ नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । सत्ता बचाउन उहाँले सुरा सुन्दरीको प्रयोग , सांसदलाई विदेश सयर गराउने तथा सांसदलाई गाडि किन्न भन्सार छुट समेत गराएर बिबादित बन्नुभएको थियो । उहाँमा रहेको संझौतापरस्त राजनितिको फाइदा विदेशी सक्ति खास गरेर भारत र अमेरिकाले एम सी सी मार्फत पुरा गर्ने कोषीश गरेका छन् । स्वदेशी राजनैतिक सक्ति माओवादी केन्द्र र ने क पा (एसले )पनि उहाँ मार्फत सत्तामा हाली मुहाली गरि फाइदा लिन खोज्दैछन् । आफ्नो संगठन कमजोर भएको हुदा सत्तामा बसी सक्ति आजर्न गरेरमात्र चुनाबमा जाने माधव कुमार नेपाल र पुस्पकमल दाहाल प्रचण्डको रणनितिको सिकार देउवा  र नेपाली कांगे्र्रस हुने देखिएको छ ।

उहाँको पार्टी नेपाली कांग्रेसका केही नेता देउवालाई प्रधानमन्त्री बनाएर आ–आफ्नै राजनैतिक फाइदा लिन खोज्दैछन् । नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेल उहाँलाई प्रधामन्त्री बन्न धेरै दवाव दिनेमा पर्नुहुन्छ । आगामी महाधिवेसनबाट सभापति चुनिन चाहने पौडेल देउवाको राजनैतिक उचाई बढेको देख्न चाहनुहुन्छ भन्नेमा कसैलाई पनि विस्वास छैन् । पौडेलको रणनिती प्रस्टै छ :–प्रधामन्त्रीमा उहाँलाई असफल पारी पार्टी सत्ता हातमा ल्याउने । पौडेलले महाधिवेसन प्रभावित पार्न सत्ताको दुरपयोग गरेको भनेर सार्वजैनिक रुपमा नै देउवाको आलोचना तिब्र पार्नुभएको छ । सरकारको कामको बचाउभन्दा पनि म भएको यसो गर्दथे भनेर देउवाले सक्नुभएन भन्दै पौडेलले देउवा असक्षम हुन भनेर प्रमाणित गर्न जोड लगाइरहनुभएको छ । देउवाका परम सहयोगी उहाँकै उपसभापति विमलेन्द्र निधि पनि देउवाको खिलापमा हुनुहुन्छ । समग्रमा भन्दा उहाँको पार्टिभित्रै उहाँलाई सफल बन्न नदिन ठूलो सक्ति परिचालित भएको छ जसलाई चिर्न देउवाको संझौता परस्त ब्यवहार र अस्पस्ट विचारले सक्ने देखिदैन ।

सत्ता गठबन्धनका उहाँका वर्तमान सहयात्री सबै नेता प्रधानमन्त्रीका दावेदार हुनुहन्छ । यही संसदमा प्रधामन्त्री बन्न लालायीत माधब कुमार नेपाल , पुस्पकमल दाहाल प्रचण्ड , बाबुराम भट्टराई तथा उपेन्द्र यादव आगामी प्रतिनिधी सभाको चुनावबाट सक्ति सञ्चय गर्न चाहनुहुन्छ । बामपन्थी राजनितिको प्रचार गरेर सक्ति आजर्न गर्न चाहने उहाँका सहयोगीले कांग्रेस र देउवाको खिलापमा गर्न सक्ने जति नगर्ने कुरै छैन । ने क पा ( एमाले ) का अध्यक्ष के पी ओलीलाई सत्ताबाट हटाउन बाध्य भएर देउवालाई स्वीकार गर्नुभएका माधव नेपाल , प्रचण्ड र उपेन्द्र यादवको आगामी महत्वकांक्षाको बाधक नेपाली कांगे्रस भएको हुदा त्यसका नेतालाई सफल बनाएर उहाँहरुले आफ्नो खट्टामा आफै बञ्चरो हान्नुहने  पक्कै छैन ।  प्रस्ट राजनैतिक विचारको गठबन्धनमा अहिलेको सरकार बनेको होइन । यो त ओलीका बर्हिगमनका लागि बनेको तत्कालीन अस्थाइ अवस्थामा बनेको विश्रामस्थल मात्र  हो जहाँबाट उठेपछि यात्री आ– आफ्नै बाटोमा लाग्ने निस्चित छ ।

आम नेपाली पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला जस्तै वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा पनि जिवनको उत्तरार्धमा सफल भए हुन्थ्यो भन्ने चाहना राख्दछन् । तर रास्ट्रिय र अन्तरास्ट्रिय परिबेसले विगतमा गिरीजा प्रसाद कोइराला जस्तै सफल बन्ने अवसर उहाँमा आउने देखिदैन । विदेशी सक्ति खास गरेर पस्चिमा र भारत नेपालमा कमजोर शासकलाई हातमा लिएर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् । देउवालाई सत्तामा आउन सहयोग गर्न चाहने यी सक्तिले सधै देउवाको काधँ अवस्य थाप्ने छैनन् । विगतका शासकलाई जस्तै प्रयोग गर्दै बदनाम बनाउने उनीहरुको चरीत्र भएको हुदा एम सी सी पास होस या फेल देउवा सधै फेल हुने निस्चित छ  । गिरिजा प्रसादले राजतन्त्रका विरुद्ध एउटा निस्चीत मार्गचित्र बनाएर आन्दोलन सफल बनाएको हुदा उहाँले इतिहासमा नेपाली राजनितिमा विसीस्ट छवी बनाउनु भएको हो । नेपाली जनताको बलमा गिरीजा प्रशाद सफल  हुनुभएकोले वर्तमान प्रधानमन्त्रीले विदेशी सक्तिका लागि जुन प्राथमिकताका साथ बल  लगाउन भएको छ यसले देउवा पुनः असफल हुने त निस्चीत छ ।

प्रधानमन्त्री देउवालाई वर्तमान गठबन्धन नखाउँ भने दिनभरीको सिकार खाउँ भने  कान्छा बाउको अनुहार भन्ने नेपाली उखान टुक्का जस्तै भएको छ । ओली सरकार हुदानै उहाँ अर्लि इलेक्सनको पक्षमा हुनुहुन्थ्यो तर राजनैतिक परिवेसले उहाँलाई चुनावमा जान दिएको छैन । ओलीले संसद विघटन गरेर लोकतन्त्र मास्न खोजेका थिए संसद त्यसैले संसद पुरा कार्यकाल चलाउनु पर्दछ भनी अदालत मार्फत सरकारमा पुग्नुभएका देउवा बर्तमान सरकारका कारण नै विगत भन्दा अझ आलोचित हुने संभावना देखिएको छ । वर्तमान सरकार टिकाउदा माधव नेपाल र प्रचण्डका राजनैतिक स्वार्थको गोटीका रुपमा काम गर्र्नुपर्ने , ओलीसँग सहकार्य गर्दा दक्षिणपन्थीको आरोप लाग्ने तथा आगामी चुनावमा एमाले सितै मुकाबला गर्नुपर्ने भएको हुदा देउवा अफ्ठेरोमा पर्नुभएको छ । मन्त्रीमण्डललाई पूर्णता दिन समेत तिन महीना लाग्ने यो गठबन्धनले देश र जनताका पक्षमा काम गर्न नसक्ने पक्का छ तसर्थ देउवाले देशलाई उहाँकै चाहना अनुसार हिम्मत गरेर देशलाई चुनावतिर लगेमात्र उहाँको छवी थप नबिगर्ने तथा मुलुक तथा उहाँको पार्टिको कल्याण हुनेछ ।
 

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update