Kath Khabar
‘क्राइम पेट्रोल’मा देखिनु हुदै दीपकराज गिरी

काठमाडौं, असोज ११ । चर्चित कलाकार दीपकराज गिरी ‘क्राइम पेट्रोल’ मा देखिदै हुनुहुन्छ। यो सँगै फेरि उहाँ सानो पर्दामा देखिन लाग्नु भएको हो। कलाकार गिरीले आफू ‘क्राइम पेट्रोल’ मा देखिन लाग्नु भएको सामाजिक सञ्जाल मार्फत् जानकारी दिनु भएको छ।

‘क्राइम पेट्रोल’ ग्यालेक्सी टिभीमार्फत् प्रसारण गरिने समेत बताइएको छ। भारतमा चर्चित सो ‘क्राइम पेट्रोल’ अपराध र त्यसको अनुसन्धानमा केन्द्रित विषयवस्तुलाई रोचकताका साथ प्रस्तुत गर्ने गरेको पाईन्छ। सोहि विषयवस्तुलाई केन्द्रमा राखेर नेपालमा पनि ‘क्राइम पेट्रोल’ कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । यसको लागि भारतीय पक्षसँग नेपाली पक्षले आधिकारिक अनुमति लिएको ‘फ्रचाइज’ सो समेत रहेको गिरीले सामाजिक सञ्जालमार्फत् जानकारी दिनु भएको  छ। नेपाली ‘क्राइम पेट्रोल’ पनि श्रखंलाबद्ध रुपमा प्रशारण गरिने भएको छ।

‘यो कार्यक्रम नक्कल होइन , बकाइदा फ्रेचाइज हो , आधिकारिक रूपमा अनुमति लिएर बनाउन लागेका हौं । नेपाली अपराधका सत्य घटना प्रस्तुत हुने यो कार्यक्रम आफ्नै हिसाबको मौलिक रहने छ‘’,  उहाँले भन्नु भयो ।

यस्तै चर्चित कलाकार गिरीले आफू कार्यक्रमको कलाकार नभई प्रस्तोता समेत हुने स्पष्ट पार्नु भएको छ।

म यो कार्यक्रम को कलाकार नभइ प्रस्तोता हूँ, यो हप्ता को २ दिन टेलिभिजनमा आउनेछ । यस्ता प्रकारका अपराधका घटना ‘थ्रिलर’को रूपमा हेर्न मन पराउने दर्शक को लागि लक्षित हो , यो कार्यक्रम, उहाँले भन्नु भएको छ, यसमा सम्बद्द निर्देशक, लेखक, कलाकारले धेरै मेहेनत गर्नुभएको छ ।  यो एक प्रकारको कठिन कार्यक्रम हो । किनकि अनुसन्धान, लेखन,छायांकन र यॉहा सम्म आउदा सारा टिमले धेर्रै परिश्रम गर्नु परेको छ ।

उहाँले कार्यक्रमलाई दर्शक तथा स्रोताहरुका आशीर्वादको अपेक्षा समेत राख्नु भएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update