Kath Khabar
गीतकार अम्बिका गुरुङको ’सपना’ सार्बजनिक

काठमाडौं, वैशाख १५ । गायक किरण भुजेल र गायिका अश्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एकपछि अर्को नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारी रहेको छ । 
संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गर्नुुभएको हो भने शान थापाले निर्देशन गर्नुभएको हो। त्यसैगरी राजीब समारको कोरियोग्राफी रहेको यो भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गर्नुुभएको हो । सार्बजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update