म्युजिक भिडियोमा यस्तो देखियो दिलिप र उर्मिलाको जोडी
काठमाडौं वैशाख १५ । अमेरिकामा छायांकन भएको 'माया बैगुनी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ ।
पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गर्नुभएको छ । म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
प्रज्वल पन्तले छायांकन गर्नुभएको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको हो । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८ १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय