Kath Khabar
निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक

काठमाडौ, असोज १३ । निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिनुभएको छ ।
सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेख्नुुभएको हो भने संगीत दीपक शर्माको र एरेन्ज उदय राज पौडेलको रहेको छ ।

म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सरिता प्रजापतिको मेकअप, राजिव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update