Kath Khabar
घटस्थापनाका दिनदेखि मुलुकभरका फिल्म हल खुल्ने

काठमाडौं, असोज १४ । घटस्थापनाका दिन  देखि देशभरका फिल्म हल खुल्ने भएका छन्।

चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो।

महासचिव शर्माका अनुसार नेपाली वा विदेशी जुन चलचित्र भए पनि लगाएर असोज २१ गते देखि फिल्म हल खुला गर्ने बताउनु भयो । फिल्म हल खोलेर मनोरञ्जन क्षेत्रमा आर्थिक गतिविधि बढाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

यसअघि  निर्माताहरुले फिल्म प्रदर्शन नगर्दा काठमाडौंमा खुला गरिएको फिल्म हल बन्द गर्नु परेको थियो । कोरोनाका कारण पर्यटन जस्तै मनोरञ्जन क्षेत्रमा पनि ठूलो आर्थिक असर परेको छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म हल बन्द छन् । चलचित्रसम्बन्धी गतिविधि प्रायः ठप्प छन्।

 

 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update