Kath Khabar
‘माछीले चलायो पानी’ मा दीलिप र गरिमाको रोमान्स

काठमाडौ, असोज १६ । लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित  सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्री को संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोर्नुभएको हो ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ ।

प्रेमीका भेट्न हिडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोक श्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ ।
गुञ्जन इन्टटेनमेष्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ ।

भिडियोको निर्देशन मौसम हिमालले गर्नुभएको हो । भिडियो संगीतकार आलोक श्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ ।

गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोक श्रीले बताउनुभयो ।

 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update