Kath khabar
अहिंसा दिवसमा शान्ति -याली

काठमाडौं, असोज १८ । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्ति  -याली निकालेको छ ।  

काठमाडौं, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा –पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित शान्ति ¥याली निकालिएको शान्ति समाजका महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । शान्ति ¥यालीमा जुनसुकै प्रकारका हिंसालाई निरुत्साहित गर्ने कानूनी व्यवस्था कार्यान्वयनको माग गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले १५ जुन २००७ को दिन अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसङ्घीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो ।

अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । यसै अवसरलाई महासभाले अहिंसा दिवसका रूपमा घोषणा गरेको हो । सन् २००७ मा राष्ट्र सङ्घले अहिंसा दिवस मनाउने निर्णय गरेपछि शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबरका सन्दर्भमा  शान्ति समाज काठमाडौं शाखाले निजानन्द आश्रम (टौद)० लाई खाद्य सामग्री सहयोग गरेको छ । यस अवसरमा रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराएको उहाँले सुनाउनुभयो ।
 शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । ज्येष्ठ नागरिकको सम्मानले नै समाजमा दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास कार्यक्रमका अवसरमा व्यक्त भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update