काठमाडौं, वैशाख १६ । अभिनेत्री बसुन्धरा भुषाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहनुुभएको छ । विशेषत संघ संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षाका लागि निरन्तर खटिरहने भुषाल चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहनुभएको छ ।
स्थापना काल देखि नै संयोजक रहनुभएको उहाँले कोषको लागि हर समय सहयोग खोज्न आफुलाई व्यस्त बनाउने गर्र्नुभएको छ । राष्ट्रिय कार्यक्रमदेखि अन्र्तराष्ट्रिय कार्यक्रमसम्म भुषालले कोषको लागि सहयोग जुटाउँदै आउनुु भएको छ । हाल कोषमा चार करोड बढि रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढि भुमिका अभिनेत्री भुषालकै रहेको छ । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधीउपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवा वितरण गर्दै आएको छ ।
सोही कोषका लागि अभिनेत्री भुषालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाउनु भएको छ । आफ्नो पारिवारीक भेटघाट र घुमघामको लागि छ महिनाअघि अमेरिका पुग्नुुभएको अभिनेत्री भुषालले चार लाख बढि रकम संकलन गरेर ल्याउनुभएको हो । बुधवार भुषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई तीन लाख बिस हजार बढि रकम हस्तानतरण गर्नुुभएको छ । उहाँले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गर्नुभएको थियो । सोही रकम उहाँ नेपाल आउने बितिकै बोर्डलाई हस्तान्तरण गर्नुुभएको हो ।
अमेरिका बाल्टिमोरवासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट एक लाख तीन हजार दुई सय, कलाकार पुजा लामा र राजु लामाबाट २४ हजार एक सय २०, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय २०, कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय २०, कलाकार अरुणिमा लम्सालबाट १२ हजार एक सय २०, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय २०, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय २०, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय २०, सुरेश श्रेष्ठबाट १२ हजार एक सय २०, कलाकार राधा शर्मा (भाव) बाट छ हजार एक सय २०, भेष पोखरेलबाट छ हजार एक सय २०, अमेरिका न्यु जर्सिनिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय २०, अमेरिका बोस्टन वासी संचिता थापाबाट २४ हजार एक सय २०, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय २० गरि तीन लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो ।
यसमा नपुग केही रकम बसुन्धरा भुषाल र चेत नारायण भुषाल परिवारले थप्नुु भएको हो । यस्तै नायक पल शाहले पनि एक लाख एक सय एक रुपैयाँ घोषणा गर्नुभएको हो । कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भुषालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । उनको यो समर्पण प्रति सम्पूर्ण अमेरिकावासी चलचित्रकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पुजा चन्द लामाले बताउनुभएको छ । गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गर्नुुभएको थियो ।
कलाकारहरूप्रति आगाध प्रेम बोकेर हिड्नुहुने, चलचित्रकर्मीहरुका निमित्त जीवन समर्पण गर्न संधै तत्पर रहनुहुने आदरणिय कलाकारहरू, सम्माननिय दिज्यू बसुन्धरा भुषालको योगदान अतुलनीय रहेको लोक गायक प्रेमराजा महतले अमेरिकाबाट बताउनुुभएको छ ।