
काठमाडौं, वैशाख १६ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा पल पलमा गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको हो । यो गीतमा गायक विकाश लिम्बु र गायिका ममता गुरुङको स्वर रहेको छ । केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ ।
आकर्षकरुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मकरुपमा प्रस्तुत गरिएको छ । इलामको रमणिय स्थानमा छायाँकन गरिएको भिडियो भएको कारणले पनि आमदर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताउनुुभयो । पछिल्लो समयमा संगीतमा फरकपन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनि गीतले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताउनुभयो ।
विक्रम डिसीको छायाँकन, विर बहादुर थारुको सम्पादन, ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा सिम्रनको निर्देशन छ । ‘पल पलमा ‘गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।