पुजा र पुष्प लिंगे पिङमा ‘सरर’

काठमाडौं, असोज १९ । नेपालीहरुको महानपर्व दशैं तिहार नजिकिएसंगै यससंग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ । यस्तैमा पछिल्लो समय गीत गायनमा निकै सक्रियतका साथ लाग्नुभएकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गर्नुभएको छ । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी, विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल रानी शाक्यबाट आइतबार सार्वजनिक गरिएको हो ।
भिडियो लिंक
https://youtu.be/_RMc7JPHJ38
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय