Kath Khabar
गायिका अमात्यको अर्को डान्सिङ नम्बर सार्वजनिक

काठमाडौं, वैशाख १७ । सोना अमात्यको नयाँ गीत मेरो माया करोडमा को बजारमा राप सेलाउन नपाउँदै यो साता दिन अर्को डान्सिङ नम्बरको गीत सोच बेलैमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । सट अफ डान्स टु द बिट भन्ने स्लोगनका साथ “सोच बेलैमा” गीतको भावलाई अझ उत्कृष्टता प्रधान गर्दै सुन्दर म्युजिक भिडियो दर्शकहरुमाझ रिलिज गरिएको हो । 
एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुुभएको हो । उहाँले आगामी दिनमा यसका गीतहरुलाई सार्वजनिक गर्दे जाने र एल्बममा संग्रहित गर्ने समेत बताउनुभएको छ । सानै उमेरदेखि गीत संगीतमा मोहित रहनुभएकी गायिका सोना अमात्यको “सोच बेलैमा“ गीतलाई आरजे भिजे नायक विवेक सिंह ठकुरीले आफ्नो स्वर प्रदान गर्दै साथ दिनुभएको छ । अमात्यकै संगीत प्रशिक्षक शशिविक्रम थापाको शब्द संगीतमा रहेको गीतमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंङ रहेको छ । 
गम्भिर विष्टद्वारा निर्देशित उक्त भिडियो बजारमा आएको एकदिनमै १० लाख भ्यूअर्स बनाउन सफल भएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियोलाई सोनाकै आधिकारिक युुट्युव च्यानल सोना अमात्यबाट सार्वजनिक गरिएको हो । सोनाले यसअघि मेरो माया करोडमा गीत ल्याउनुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update