काठमाडौं, वैशाख १७ । अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’ को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।
खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ । बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासको अलवा बिनिता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । भिडियोमा सुवासको अभिनयले दर्शकको मनछुने छ ।
पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् । ‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेक फेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् । अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’ मा समेत अभिनय गर्नुुभएको थियो । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ ।
अमेरिकामा रहे पनि कलाकारिताप्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीतसंगीतमा आफूलाई प्रस्तुत गरिरहने उहाँको भनाई छ ।‘ मेरो ज्यान अहिले बिदेशमा छ । मन त नेपाली नै होनी’ थापाले भन्नुुभयो ‘नेपाली फिल्म र गीतसंगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’ थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उहाँको भनाई छ ।