Kath Khabar
घरमै बसेर ‘इकु’ हेर्न पाइने


काठमाडौं, असोज २४ । दर्शकले अत्याधिक मनपराएको पात्र ‘इकु’ सानोपर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याउनुभएको हो ।

‘इकुपिताङ’को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताउनुभयो । सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गर्नुभएको हो । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युवबाट ल्याइएको सुलेमानको भनाई रहेको छ । बालकदेखि बृद्धसम्मले मनपराएको पात्र ‘इकु’ समेटिएको सिरियलको नयाँ नयाँ भाग अवदेखि दर्शकले प्रत्येक शनिबार यसै च्यानलमा हेर्न पाउनुहुने छ ।

सिरियलमा ‘इकु’ को भुमिका सुलेमानै छन् । यस अगाडि पनि अन्य सिरियलमा यो भुमिका उनले नै निर्वाह गर्नुभएको थियो । सुलेमानको अलवा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय देख्न सकिनेछ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत सिरियलमा छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गर्नुुभएको थियो । पहिलो पटक ‘इकु’ हास्य सिरियल मेरी बास्सैमा देखिएको थियो ।

‘दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि देखिन पाउदा निकै खुसी लागेको छ । फेरि एक पटक ‘इकु’ बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिनेछु’ सुलेमानले भने ‘दर्शकले सँधै भन्नुहुन्थ्यो इकु कहिले हेर्न पाइन्छ ।’ दर्शकको चाहना अनुसार नै ‘इकुपिताङ’ निर्माण भएको सुलेमानले सुनाउनुभयो ।

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन सिरियलमा रहेको छ ।

 लिंकः https://youtu.be/YNEBOW9WPQ0

 

 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update