
काठमाडौं, असोज २५ । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनु भएको छ । उहाँले मन्जु पोखरेलसँग विवाह गर्नु भएको हो । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुनुहुन्छ।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गर्नुभएको थियो। ‘मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘ ।
यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’