Kath Khabar
यथार्थपरक गीत ’सोच’ का साथ आए कपिल

काठमाडौ, चैत २६
गायक कपिल सापकोटाको एल्वम ’म’ भित्र संग्रहित गीत ’सोच’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्याप गायनमा सक्रिय तीन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्याप ’सोच’ मा सुन्न सकिन्छ । जीवन भोगाई र समाजको यथार्थ र्यापमा प्रस्तुत गरिएको छ । मिस्ट चाम्लिङले यो र्याप गीतलाई मिक्सिङ मास्टरिङ गरेकाहुन् ।
अस्ट्रेलियामा नै छायांकन गरिएको यो भिडियोमा स्वयम् तीनजना गायक फिचर्ड छन् । अनिश गौतमले यो भिडियोलाई सम्पादन र निर्माण गरेकाहुन् । मेक मनि रेकर्डको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यो गीतलाई अन्य डिजिटल अडियो प्ल्याटफर्महरुमा समेत सुन्न सकिन्छ ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  २३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update