Kath Khabar
एलिना चौहानको ‘माइला माइली’ सार्वजनिक

काठमाडौं, असोज ३१ । अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहनुभएकी भगवती न्यौपानेको शब्दमा रहेको  ‘माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ  ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताउनुभयो । पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ । मिलन शंकरको छायाँकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

भिडियो लिंक
https://www.youtube.com/embed/8aT8hG8TzU8

 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update