Kath Khabar
'प्रभाव' मा देखियो साम्राज्ञीको बोल्ड अवतार

काठमाडौं, कात्तिक १ । पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो ।

यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गर्नुभएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थाल्नुभएको छ । उहाँले बोल्ड दृश्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको हो ।

प्रकाश विक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ । इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुनुहुन्छ ।

भिडियो लिंक
https://youtu.be/kFzJ7dFetng

 
 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update