Kath Khabar
निशान भट्टराईको “गाजल लिपिक्कै” मा सुमनको तीन युवतीसँग रोमान्स

काठमाडौं, वैशाख १८ । गायक निशान भट्टराईको “गाजल लिपिक्कै” बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ भने रेकर्डिङको काम रञ्जन राईले गर्नुुभएको हो । 

पुर्वाञ्चल गट् ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेलको दमदार अभिनय रहेको उक्त गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमिका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गर्नुुभएको छ । अघिल्ला गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक र श्रोताले मनपराई माया गर्नुहुने गीत उत्पादक टिमले अपेक्षा गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update