Kath Khabar
युगान्डाकी वियोन्सेसँग राजनराजको सहकार्यमा आयो ल्याँसी पाउ

काठमाडौं, वैशाख १९ । चर्चित गीत फूलबुट्टे सारीको कभर गाएर चर्चामा आएकी अफ्रिकन देश युगान्डाकी दि क्याप्टेन वियोन्से फ्यामेसी संगको सहकार्यमा प्रतिभाशाली संगीतकार राजनराज सिवाकोटीले “ल्याँसी पाउ“ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

मन्दीरा ढुङ्गेलको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको उक्त गीतमा स्वर राजनराज सिवाकोटी र वियोन्से फ्यामेसीको रहेको छ । नेवारी र नेपाली संस्कृतिको मिठो तादम्यता रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा अभिनय पनि राजनराज र वियोन्सेको देख्न सकिन्छ । उत्सव दाहालको छायांकन र राजेस पुमा राईको निर्देशनमा भिडियो तयार गरिएको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update