Kath Khabar
गायिका हिमानी कान र बुलेट फ्लोको सहकार्यमा ‘जेनेरेसन’ सार्वजनिक


काठमाडौं, कात्तिक १२। आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत,  प्रिन्शिका श्रेष्ठ  र अलिशा श्रेष्ठ को अभिनय रहेको छ ।

सन्तोष राजबाहकले कोरियाग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गर्नुभएको हो । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई सशान कँडेलको निर्देशनमा तयार पारिएको हो । आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक
https://youtu.be/-AEeNgxeFRY
 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update