
काठमाडौं, कार्तिक १४। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ‘बर्बाद भो’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ।
प्रेमील जोडीहरूको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जीवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम् अलिफ खानको एरेन्ज गीतमा रहेको छ। फरक किसिमबाट प्रेमील जोडीको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताउनुभयो ।
पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन भिडियोमा छ । ‘बर्बाद भो’ गीतको भिडियोमा सन्तोष कटुवाल, अन्जु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/embed/xQ_3UyqbkCw"