Kath Khabar
नेपाली निर्देशकको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक


काठमाडौं, कार्तिक १५। नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्देशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र नोभेम्बर १९ देखि भारत सहित अन्य केही देशमा चलचित्र रिलिज हुदैछ । आफ्नो निर्देशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउनुहुन्छ । चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ ।

कमेडी शैलीको चलचित्रमा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सिमा पह्वा, ब्रिजेंद्र कला  लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । यस्तै शिवम् अग्रवाल निर्माता रहेको चलचित्रमा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भीएफएक्स, मजोजको कलर, गीताञ्जली भारतीको कस्टम डिजाइन देख्न सकिन्छ । चलचित्रलाई टुइडिएट म्युजिकले बजारमा ल्याउँदै छ ।

भिडियो लिंक
https://youtu.be/4oByPmfMxu4
 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update