‘मुन्द्रेको कमेडी क्लब’ अर्को सातादेखि बन्द हुने

काठमाडौं, कार्तिक १६ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ। हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रम बन्द हुने बताउनु भएको छ ।
‘मुन्द्रेको कमेडी क्लब’ मा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश राई) यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएपछि जितुले आफ्नो कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन्।
तर केही समयको विश्रामपछि नयाँ कार्यक्रम लिएर दर्शकमाझ आउने जानकारी पनि उहाँले बताउनु भयो । डेढ वर्षदेखि प्रसारण भइरहेको ‘मुन्द्रेको कमेडी क्लब’ले सिजन–२ को ५४औं एपिसोड पूरा गरिसकेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ ०९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय