गायक सरोजको स्वरमा ’दुई दिने जीवन’ सार्वजनिक
काठमाडौं, वैशाख २० ।
गायक सरोज अधिकारीको स्वरमा ’दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै सुन्न सकिन्छ । यसैगरी गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ । गीतलाई एरेन्ज भने बिसाल गुरुङले गर्नुभएको हो । म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिनुुभएको छ ।
नितिन चन्दले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामाङको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन समावेस रहेको छ । गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय