काठमाडौं, वैशाख २० । विश्वकै सबै भन्दा काम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राख्नुुभएको छ । उहाँले जम्मा १८ शब्दको गीत रेकर्ड गराएर यो विश्व रेकर्ड बनाउनुभएको हो । १८ शब्दको गीत यस्तो प्रकारको छ ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा सुचिकृत भएको छ । नेपाली गीत सङ्गीतमा डा.उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित सार्वधिक विश्व रेकर्ड कायम गरिसकेका छन् ।
गीतकार डा. उपाध्यायले विभिन्न ५१ विधामा विश्व कर्तिमानी काम गरिसक्नुुभएको छ । उहाँको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।