Kath Khabar
लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता

काठमाडौं, वैशाख २१ । लायन्स क्लव अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलो पटक अफिसियल भाषाका रूपमा १४ औं स्थानमा मान्यता प्रदान गरेको छ । भाषाको मान्यतापछि अबदेखि लायन्स अन्तराष्ट्रियको हेडक्वाटर अमेरिकाको मुख्य कार्यालयमा नेपाली भाषा पनि अफिसियल भाषा बन्ने भएको हो ।

अबको केही समयपछि लायन्स अन्तराष्ट्रियको वेभसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समाबेश हुने यो अभियानका अभियन्ता लायन्स अन्तराष्ट्रियका पुर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानले बताउनुभएको छ । प्रत्येक बर्ष हुने अन्तराष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ । यसअघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियो ।

 पुर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानको लामो समयदेखिको अथक प्रयास र लायन्स क्लब्स् अन्तराष्ट्रियसँगको खेतानको सम्बन्धले पहिलोपटक लायन्स अन्तराष्ट्रियमा नेपाली भाषा अफिसियल भाषाकारूपमा दर्ता भएको हो । लायन्सप्रति नेपालीहरुको बढ्दो सक्रिय सहभागिता, नेपाली लायन्सको सहयोग र सहकार्यको उच्च मुल्यांकन गर्दै समाजसेवामा बिश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तराष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको पुर्व इन्टरनेशनल डाईरेक्टर लायन ई. सन्जय खेतानले बताउनुभयो । लामो समयदेखिको पहल र प्रयासले यो सफलता हात परेको उहाँँले बताउनुभयो । ई. खेतान नेपालमा मात्र नभई अन्तराष्ट्रियस्तरमा नै लायन्सका कुशल लिडर मानिनुहुन्छ । उहाँ लायन्स अन्तराष्ट्रियको डाईरेक्टर बन्न सफल पहिलो नेपाली लायन हुुनुुहुन्छ । 

एलसी आईएफ एरिया लिडर तथा इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तराष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिनु भनेको हामी सम्पुर्ण नेपाली लायन्सले समाजसेवामा पुर्याएको योगदानको कदर गरेको अनुभुति भएको बताउनुभयो । बुर्लाकोटीले यो सम्भब बनाउन महत्वपूर्ण भूमिकामा रहेका पुर्ब इन्टरनेशनल डाईरेक्टर लायन इ. सन्जय खेतानप्रति आभार ब्यक्त गर्नुुभयो । उहाँले भन्नुभयो, “खेतानको कुशल नेतृत्व र अभिभावकत्वले नै नेपालमा लायन्सको सक्रियता बढेको र लायन्स अन्तराष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको हो” ।

बुर्लाकोटीले आफु इन्टरनेशनल डाईरेक्टरमा निर्वाचित भएमा नेपालको नाम बिश्वमा चिनाउदै नेपाली लायन्स र जनताका लागि उल्लेख्य योगदान पुग्ने किसिमका कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुुभयो । साथै लायन्स अन्तराष्ट्रियबाट नेपालमा स्थायी प्रोजेक्ट ल्याउन पहल गर्ने समेत घोषणा गर्नुुभयो । लायन्स लिडर बालकृष्ण बुर्लाकोटी आगामी जेठ २१ र २२ गते हुने लायन्सको मल्टिपल कन्भेन्सनमा डिष्ट्रीक ३२५ वि १ को तर्फबाट अन्तराष्ट्रिय डाइरेक्टरका लागि एकल उम्मेदवार हुनुहुन्छ । 

लायन्स मल्टिपल ३२५ नेपालका काउन्सिल चेयर पर्सन लायन इन्द्र खत्री ‘राजन’ ले लायन्स अन्तराष्ट्रियले अफिसियल भाषाकारूपमा नेपाली भाषालाई चौधौं स्थानमा मान्यता प्रदान गरेको खबरले लायनबादको यात्रामा पहिलोपटक यतिधेरै खुसीको अनुभुति भएको बताउनुुभयो । उनले लायन्स माफर्त २१० राष्ट्रमा नेपाली भाषाको प्रचार हुनु गौरबको बिषय भएको बिचार ब्यक्त गर्नुुभयो । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोक्काले लायन्स अन्तराष्ट्रियले नेपाली भाषालाई चौधौं स्थानमा मान्यता प्रदान गरेर सबै नेपाली लायन्सको सम्मान गरेको अनुभुति भएको बिचार ब्यक्त गर्दै लायन्स अन्तराष्ट्रियको बोर्डलाई धन्यबाद दिनुभएको छ । 

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले लायन्स अन्तराष्ट्रियको वेभसाइटमा समेत नेपाली लायन्सले आफ्नै भाषामा पढ्न पाउने र लायन्सको न्युज लेटरमा पनि नेपाली भाषा समाबेश हुने खबरले सम्पुर्ण नेपाली लायन्समा उत्साह थपेको बताउनुुभयो । आचार्यले यो सफलताको स्रेय आदरणीय लायन लिडर, लायन्स अन्तराष्ट्रियका पुर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानलाई दिनुभयो । नेपाली भाषालाई पहिलोपटक यसरी अफिसियल भाषाका रूपमा मान्यता प्रदान गरेकोमा सम्पुर्ण नेपाली लायन्सले लायन्स अन्तराष्ट्रियप्रति आभार ब्यक्त गर्नुुभएको छ ।  

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update