Kath Khabar
गायिका मेलिना र श्रीकृष्णको स्वरमा “राम हो झुमा हो” सार्वजनिक

काठमाडौं, वैशाख २२ । गायिका मेलिना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र बिदुर गिरीको शब्दमा रहेको गीत “राम हो झुमा हो” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । 

बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगित दिनुुभएको छ । गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गर्नुभएको छ । यो गीतको म्युुजिक भिडियोलाई राम केसीले निर्देशन गर्नुुभएको हो ।   

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update