Kath khabar
आज सूर्य ग्रहण,  ४ घण्टा भन्दा बढी समय लाग्ने

काठमाडौं, मंसिर १८ । आज शनिबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

खगोलविद्हरुका अनुसार सूर्य ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ बताएका छन् । यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने बताइएको छ ।

झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनु भयो ।

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update