Kath Khabar
विकासमा जग्गा विवाद : विवेकहीन नेतृत्ववर्ग कि सर्वसाधारण नागरिक   (अग्रलेख)

नेपालको विकासमा प्रमुख बाधकको रुपमा जग्गालाई लिइन्छ । यो मानसिकता हाम्रो समाजमा व्याप्त रहेको पाईन्छ । विकासको विवादलाई पर्यावाची बनाइएको जग्गा भने विकासको बाधक कहिले पनि हुन सक्दैन । यसको प्रमुख कारण भनेको जग्गा निर्जिव हो भन्ने कुराले प्रमाणित गर्छ । थप केहि बोल्नु वा लेख्नु पर्दैन । त्यसैले गर्दा विकासको बाधक जग्गा कसरी बन्यो । यसका पक्षहरु केलाउनु भन्दा अघि परियोजना तथा विकासका कुराहरु गर्यौं। राष्ट्रिय गौरवका आयोजना होस् वा स्मार्ट सिटी, तराई–काठमाडौं द्रुत मार्ग, जलविद्युतका ठूला आयोजनाहरु नै किन नहुन् जग्गा प्राप्ति कठिन हुदाँ आयोजना अघि बढ्न नसकेको देखाईन्छ ।

जग्गा जो स्थानीय अर्थात् लामो समय अथार्त् अझै भन्दा बाबु, बाजे , बज्यै ,आमाहरु भन्दा अगाडिको पुस्ता सोहि स्थानमा हुर्के बढे र आफनो अस्तित्व छाडे । यति लामो समयदेखि आफना पुस्ताहरुको नाता जोडेको माटो, अनि स्थानीयलाई सहजै छाड्न कठिन हुनु नौलो कुरा होइन, तर पनि विकासका लागि भनेर उहाँहरुले आफनो ठाँउ छाड्न तयार हुनुहुन्छ । अनि अर्कोतर्फ आफ्नो पुख्र्यौली जमिन छाड्दा पुनः घरबार जोड्ने रकम आँउछ/आँउदैन द्धिविधिा । अनि हाम्रो वैज्ञानिक कारण भएको उखान पैसा क्षणिक माटो सदैव। त्यसैले गर्दा पैसा लिन गाह्रो मान्ने हाम्रो मनोवृत्ति । यी र यस्तै धेरै कारणले गर्दा स्थानीयहरु सडक, भवन, जलविद्युत गृह लगायतका केन्द्रहरु बन्नु/नबन्नुमा जमिन छाड्ने हकमा बेवास्ता गर्दछन् ।

स्थानीय वा सर्वसाधारण नागरिकहरुको आफनो व्यथा, पीडाका कारणले गर्दा जग्गा छाडदैनन् भने विकास गर्न चाहने सरकारले स्थानीयको समस्या समाधानलाई एउटा कुनामा राखेर विकास निर्माणको कामलाई अघि बढाँउछ । अनि आँउछ विकासमा समस्या । अनि भन्न सक्छौं विवेकहीन नेतृत्ववर्ग अर्थात् प्रधानमन्त्री, मन्त्री सचिव लगायतका कर्मचारीतन्त्रका अधिकारीहरु ।

सर्वसाधारण नागरिकहरुलाई सुरक्षित बासस्थानको तय नगरी आफना आयोजनाहरु अघि बढाउने नेतृत्वकर्ताहरुले अनि अवरोधको सिर्जना गर्नुपर्ने हुन्छ । त्यही पनि आफनो जबरजस्तीकरण चलेन भने । अनि नागरिकले विश्वास नगर्ने वातावरण अर्को पनि रहेको छ विकास नै नगर्ने नेतृत्ववर्ग । काजगमा धेरै भन्दा धेरै आयोजना निर्माण गर्ने । विज्ञहरुसँग राय सुझाव लिएर आयोजना निर्माण गर्ने तर कार्यान्वयन नगर्ने कारणले गर्दा पनि नागरिकहरु विकासलाई लिएर विश्वस्त हुन सकेका छैनन् । विकासका लागि विनियोजित रकम खर्च गर्न नसक्ने नेतृत्ववर्गलाई लिएर सर्वसाधारण नागरिकहरुको विकास विश्वास पटकै भएको पाइदैन । त्यसैले गर्दा नेतृत्व वर्गले घोषणा गरेको स्मार्ट सिटी, मेट्रो रेल, सुरुङ मार्ग, पूर्व–पश्चिम राजमार्ग, द्रुतमार्ग, जलविद्युत आयोजनाहरु निर्माण हुन सकेको छैन ।

यदि प्रत्येक नेपाली नागरिकलाई दुई छाक खाना र ओत लाग्ने बासस्थान दिए मात्रै उनीहरु विकासका लागि आफ्नो जग्गा हस्तान्तरण खुशी भएर गर्नेछन् । ताकि भोलि आफना सन्ततिहरुको सहज र उज्जल भविष्यको लागि । तर नेतृत्ववर्गहरुले निर्जिव होस् वा सजिव वस्तुलाई विकासको बाधकको विम्ब निर्माण गरी विकास गर्न नसकेको भन्दै नागरिकलाई भुक्याउने काम गर्दै छन् । आम निर्वाचनको दिन नजिकिर्दै गएको छ, त्यसैले गर्दा नेतृत्ववर्गले निर्जिव\सजिव वस्तुलाई देखाँउदै काठमाडौं उपत्यका सहित देशको कुनाकाप्ता विकास गर्न सकेका छैनन् त्यसमा हामी सचेत हुनु आवश्यक छ । त्यसैले गर्दा विकासको बाधक कहिले पनि निर्जिव वस्तु जग्गा हुन सक्दैन । र, अन्त्यमा यो नेतृत्वर्ग र हाम्रो समाजमा देखा परेको ठूलो भ्रम हो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update