Kath Khabar
किरण र प्राश्नाको ’चोली तिम्रो’ सार्वजनिक

काठमाडौं, वैशाख २४ । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ’चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ । फणिन्द्र राईले यो गीतलाई संगीत संयोजन गर्नुुभएको हो । म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यो भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यो भिडियोलाई गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update