
काठमाडौं, वैशाख २६ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन् (एमसीसी) को रकम नेपाल आउने टुंगो छैन । नेपाली कांग्रेस र नेकपा एमालेको केपी शर्मा ओली गुट एमसीसीको रकम भित्राउन सहमत हुँदा पनि अन्य पक्षका कारण यो रकम रोकिएको छ । तर, यहि रकम परिचालन गर्न नेपालमा गठन भएको सस्था एमसीसी नेपालले भने १ अर्ब ९० करोड गरेको छ । यसका लागि भनेर सरकारले यो वर्षको बजेटमा ८ अर्ब ९० करोड बजेट छुट्टाएको थियो । जसमध्ये अहिलेसम्म २१ दशमलव चार एक प्रतिशत खर्च भएको छ ।
कुल ८ अर्ब बजेट मध्ये १ अर्ब २७ करोड यसको प्रशासनिक खर्चका लागि छुट्टाइएको थियो । जसमध्ये अहिलेसम्म २४ दशमलव नौ सात प्रतिशत अर्थात ३१ करोड ९५ लाख रकम प्रशासनिक कामका लागि खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ ७ अर्ब ६२ करोड मध्ये १ अर्ब ५८ करोड अर्थात २० दशमलव आठ एक प्रतिशत खर्च भएको छ । सरकाले यसलाई राष्ट्रिय गौरबका आयोजनामा राखेको छ। अन्य आयोजनामा जस्तै यसमा पनि आशलाग्दो रुपमा भने रकम खर्च हुन सकेको छैन ।
राष्ट्रिय गौरबका आयोजनामा सरकारले यो वर्ष पनि खर्चन सकेको छैन । ९ महिना बित्दा सम्म जम्मा ३० प्रतिशत मात्रै रकम खर्च भएको छ । सरकारले २१ वटा आयोजनालाई राष्टिय गौरबका आयोजनामा राखेको छ । जसका लागि यो वर्ष सरकारले ९० अर्ब ९५ करोड रकम छुट्टाएको थियो । जसमध्ये अहिलेसम्म २७ अर्ब ७३ करोड मात्रै खर्च भएको छ । जुन बिनियोजित बजेटको ३० प्रतिशत मात्रै हो ।
बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षका लागि ८ अर्ब १ करोड विकास बजेट छुट्याएको छ । नौ महिनाको अवधिमा यस आयोजनामा १ अर्ब ५३ करोड अर्थात् १९ प्रतिशत मात्र खर्च भएको छ । ८ अर्ब ८४ करोड बजेट रहेको काठमाडौं-तराई द्रूत मार्गमा २२ प्रतिशत मात्र प्रगति भएको छ । राष्ट्रिय गौरवका आयोजना उत्तर दक्षिण राजमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लगायतमा पनि प्रगति राम्रो छैन ।
यसै आर्थिक वर्षका लागि २ अर्ब ९८ करोड छुटाइएको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा ६२ करोड ६८ लाख खर्च भएको छ । यो भनेको २१ प्रतिशत मात्र हो । सिक्टा, बबई, रानी जमरा लगायतका सिँचाइ आयोजना, हुलाकी र पुष्पलाल मध्यपहाडी राजमार्ग पनि वर्षौँदेखि अल्झिरहेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वपश्चिम रेलमा त प्रारम्भिक काम पनि सुरू भएको छैन । नौ महिनामा ठूला आयोजनाको जम्मा प्रगति ३३ प्रतिशत मात्र भएको छ ।