सविताको ’मन खाने माया’ मा डिमोन र सिर्जनाको प्रेम

काठमाडौ, चैत २८
दिप गिरीको शब्द, शंकर थापा ’स्माइल’ को संगीतमा रहेको ’मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यो गीतलाई विश्व अधिकारीले संगीत संयोजन गर्नुभएको हो ।
म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रोनीले कोरियोग्राफी गर्नुभएको यो भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गर्नुभएको हो । सविता गिरी निर्मात्री रहेको यो गितको म्युजिक भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो भने डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ २२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय