Kath Khabar
सुभाषको गीतमा प्रथम र नेहाको रोमान्स

 
काठमाडौं, वैशाख २६ ।  गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको सुमधुर स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गर्नुुभएको छ । 

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गर्नुभएको हो । संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दे आउनुभएको प्रथमको यो भिडियो पनि राम्रो बनेको छ । भिडियोमा उत्सव दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update