Kath khabar
के हो विश्वको दुर्लभ रक्त समूह ‘गोल्डेन ब्लड’ ?

काठमाडौं, पुस २८। सुन्दा तपाईलाई अचम्म लागेको हुन सक्छ, रगत भनेको रातो पो हुन्छ सुनौलो चाँहि कसरी भयो ? रगतको विभिन्न समूहमध्ये गोल्डेन ब्लड पनि एक हो। यसको वास्तविक नाम भने आरएच नल (RH NULL) हो।  आरएच नल रगतमा RH एन्टीजन उपलब्ध भएको हुदैन।

गोल्डेन ब्लड ग्रुप भएका मानिसहरुको स्वास्थ्य एकदम जोखिमपूर्ण भएको देखिन्छ।  गोल्डेन ब्लड ग्रुप हुने मान्छेमा हल्का एनिमिया हुन सक्दछ। यही कारणले गर्दा यस्ता व्यक्तिलाई जानकारी हुनेबित्तिकै डाक्टरहरूले खानपानमा विशेष ध्यान दिन र आइरन युक्त चिज बढीभन्दा बढी सेवन गर्न सल्लाह दिन्छन् ।

उनीहरूलाई रगत चढाउनुपरेको खण्डमा आरएच नल ब्लड मात्रै चढाउन मिल्छ, जुन भेट्न मुस्किल हुन्छ। दुर्लभ भएको र एउटै ब्लड ग्रुप मात्र लिन सक्ने भएकाले डाक्टरहरूले यी रगतलाई आवश्यक परेको बेलामा उपयोगी हुने गरी निरन्तर रक्तदान गर्न प्रोत्साहित गरिरहेका छन् ।

संसारमै जम्मा ४३ जनासँग मात्र यो समुहको रगत रहेको छ। यस रगत समूहका मानिसहरु ब्राजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन्। यो रगत समूह एकदमै दुर्लभ र महँगो हुनेगर्छ। निकै दुर्लभ भएकाले यो समुहको रगत हुनेले दुनियाँभरीको समान ब्लड ग्रुप भएका मानिससँग सम्पर्क बनाइराख्नु उपयुक्त हुन्छ। यस्ता व्यक्तिहरूलाई रक्तदान गरिरहन प्रोत्साहन पनि गरिन्छ।  

 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update