काठमाडौं, वैशाख २८ । मातातीर्थ औंसीको अवसर पारेर विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो नयाँ गीत ‘आमा’ को भिडियो सार्वजनिक गर्नुभएको छ । गीत संगीतमै ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल पहिलो नेपाली गीतकार यो गीतबाट पनि हालै विश्व रेकर्ड बनाउनुभएको थियो ।
यो गीतमा सबै भन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा एक सय पाँच पटक आमा शब्द प्रयोग गरिएको छ ।
उहाँले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न चर्चित वल्र्ड रेकर्ड गीत संगीत, साहित्यको ५२ विधामा बनाउनुभएको हो । यसरी विश्व रेकर्ड बनाएपछि यो गीतको लिरिकल भिडियो उहाँले यतिबेला युट्युब मार्फत सार्वजनिक गर्नुभएको हो ।
यो गीतलाई कृष्ण कार्कीले गाउनुभएको छ । जसमा सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गर्नुएभएको छ । आमाको मुख हेर्ने दिन (मातृ सम्मान दिवसको) को अबसर पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक गरिएको गीतकार उपाध्यायले बताउनुभयो । गीतको भिडियोलाई डी आर म्युजिक एन्ड क्रियसनबाट रिलिज गरिएको हो ।