
काठमाडौ, वैशाख २८ । गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामश्वेत रसाइलीको रहेको छ । गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलीमा पानी, माछी बस्यो, परदेशको बास, अक्षतामा दही लगायतका गीतहरु सार्वजनिक गरिसक्नु भएकोे छ ।
गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्देशन गर्नुभएको हो । जहाँ जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड रहनुभएको छ । गीतको भिडियोमा उहाँहरुको जोडी सुहाएको छ । अजय रेग्मीले छायांकन गर्नुभएको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह–निर्देशन, पदम सुबेदीको सम्पादन, मिलन बिश्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समावेश रहेको छ । गीतलाई गायक ओलीको अफिसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।