Kath khabar
इन्टरनेट के हो, कहिले र कसरी भयो यसको शुरुवात

काठमाडौं, माघ १७। इन्टरनेट सूचना आदानप्रदानको लागि एक विश्वव्यापी कम्प्युटर नेटवर्क हो । इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा संसारभरिका कम्प्युटरसँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान प्रदान गर्न सकिन्छ।

इन्टरनेट संसारभरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबीचको सञ्जाल हो। यि कम्प्युटरहरू एकआपसमा विभिन्न माध्यम जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरूबीच सूचना आदान प्रदान गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । इन्टरनेट एकैचोटि एक विश्वव्यापी प्रसारण क्षमता, सूचना प्रसारको लागि एक संयन्त्र र भौगोलिक स्थानको वास्ता नगरी व्यक्ति र तिनीहरूका कम्प्युटरहरू बीचको सहयोग र अन्तरक्रियाको माध्यम हो।

इन्टरनेट सन् १९५० को दशकतिर सुरु भएको हो । इन्टरनेट पहिलो पटक अमेरिकी सेनाले अमेरिकी रक्षा विभाग पेन्टागनमा सुरु गरेको थियो। जसको प्रयोग युद्धको समयमा गोप्य सूचनाहरू बिना कुनै कठिनाई पठाउन र सञ्चार प्रणालीलाई सुरक्षित राख्न प्रयोग गरिएको थियो। एकै समयमा यसको फाइदा देखेपछि अनुसन्धानकर्ता, वैज्ञानिक, सैन्य व्यक्ति र ठेकेदारहरूले यसको प्रयोग गर्न थाले। त्यसपछि विस्तारै यसको लोकप्रियता बढ्दै गयो। र आज यो नेटवर्कले सारा संसारलाई आफ्नो कब्जामा लिएको छ।

आज सारा विश्वभरका मानिसका लागि इन्टरनेट अत्यावश्यक चिज भैसकेको छ । इन्टरनेट बिनाको जीवन आज कल्पना गर्न सकिदैन। सबैजनालाई इन्टरनेटको बानी भइसकेको छ, किनभने जुन कुरा कल्पना गर्न नसकिने थियो, त्यो आज इन्टरनेटले वास्तविकतामा परिणत गरिदिएको छ । आज इन्टरनेटको माध्यमबाट घरमै बसेर संसारको जुनसुकै कुनामा बसेका व्यक्तिसँग कुरा गर्न, इमेल वा सामाजिक सञ्जालबाट आफ्नो सन्देश पठाउन, भिडियो कल गर्न सकिने हुँदा इन्टरनेटले सञ्चारलाई निकै सहज बनाएको छ । देश र विश्वको अर्थतन्त्र पनि पहिलेको भन्दा धेरै राम्रो भएको छ ।

इन्टरनेटको दुनियाँमा नयाँ-नयाँ आविष्कारहरू हुन थालेका छन् र त्यसको तीव्र विकास हुँदै गएको छ। आज विश्वका सबै देशका सञ्जालहरू आपसमा जोडिएका छन्, जसका कारण सूचनाको आदानप्रदान, अनुसन्धान, आर्थिक लेनदेनलगायतका सबै कुराहरू छन् । सेकेन्डमा गरिँदैछ, जुन पहिले कहिल्यै कल्पना गरिएको थिएन।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update