Kath khabar
कपाल झर्ने समस्या छ ? अपनाउनुस् यि उपायहरु

काठमाडौं, चैत ८। कपाल झर्नु मानिसको प्राकृतिक समस्या हो । तर कतिपयको अस्वाभाविक तरिकाले पनि कपाल झर्ने गर्दछ । यो समस्या सबैको चिन्ताको विषय हो । कपाल विभिन्न कारणले झर्दछ । एउटा खोजी अनुसार ८०० अर्ब मानिसहरू कपाल झर्ने समस्याबाट चिन्तित छन्। यी उपायहरुले तपाईको कपाल झर्न कम गर्दछ।  

१)आफ्नो आहारमा प्रोटिनको मात्रा बढाउने
तपाईंले हरेक दिन पर्याप्त प्रोटिन नपाएको हुन सक्छ जसले गर्दा तपाईंको कपालको वृद्धिलाई असर गर्न सक्छ। विशेष गरी यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, तपाईंले उपभोग गर्ने प्रोटिनको मात्रा बढाउन आवश्यक पर्दछ। तपाईंलाई दिनमा ४० देखि ६० ग्राम प्रोटिन चाहिन्छ भनेर डाक्टरहरु बताउनुहुन्छ।  

२) दैनिक रूपमा आफ्नो कपाल धुने
दैनिक रूपमा कपाल धुँदा तपाईको टाउकोको स्वास्थ्य स्वस्थ रहन्छ। कपाल धुँदा आफ्नो कपालमा रसायन पदार्थ नभएको श्याम्पू मात्र प्रयोग गर्नु होला । रासायनयुक्त श्याम्पूले कपाल सुक्न सक्छ र कमजोर पार्न सक्छ, जसले कपाल झर्छ।

३) नरिवलको तेलको प्रयोग 
कपालमा हप्ताको एकचोटी नरिवल तेलको उपयोग गर्नाले कपाल सुक्खा हुनबाट बच्दछ।  कपालमा जरुरी भिटामिन नरिवल तेलले दिन सक्छ। नरिवल तेलले कपालमा मालिस गर्नाले टाउकोको रगत राम्ररी बहन पनि मद्धत पुर्याउछ।  

४) प्याजको जुस 
प्याजको जुस टाउकोमा लगाउनाले झरेको कपाल उमार्न मद्धत गर्दछ। कपाल वृद्धि चक्र अनुकूलन गर्नाको साथसाथै मजबुत जरा पनि दिन्छ। टाउकोको पीएच स्तर कायम राख्न पनि यसले मद्धत गर्दछ। टाउकोमा प्याजको जुस हप्तामा २ चोटी लगाउनाले झरेको कपाल पलाउन मदत पुर्याउछ।  

५) घ्यु कुमारी लगाउने 
घ्यु कुमारीले कपाल झर्न कम गर्नाको साथसाथै कपाल सिधा र मुलायम राख्न मद्धत गर्दछ। फोहोरबाट पनि यसले बचाउँदछ।

 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update