गायक गोपाल जिएम को स्वरमा 'मर्छु होला' सार्वजनिक

काठमाडौं, जेठ २ । गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडी विचको प्रेम पछिको विछोडलाई गीतमा मार्मिकरुपमा प्रस्तुत गरिएको छ ।
देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफ्ठ्यारो परिवेशलाई गीतमा समेटिएको छ । जीवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय