Kath Khabar
चर्चित गायक घमेश दुलालको सन्देशमुलक गीत ‘मास्क खै’ सार्वजनिक

काठमाडौं, जेठ २ । चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुतिमा संदेश मुलक गीत मास्क खै सार्वजनिक भएको छ । डि.ए.आर. मुभिज एण्ड फिल्म्स ई प्रा.लि. को अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिनुुभएको छ ।

गीत मार्फत विश्व भर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौष्टिक आहार खाऔ सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाडमा नजाऔ भन्ने संदेश दिइएको छ । पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथाबस्तु समेटी गीत बजारमा ल्याईरहेका अदृष्य गायक तथा संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो, गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुुभएको छ ।

भिडियोका क्यामरा म्यान रोनिश तामांग, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक बिबेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रबन कुमार मिश्र रहनुभएको छ भने सम्पादन कृष्ण गौतमले गर्नुभएको हो । भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम आदिको अभिनय रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update