शहीद स्मारक ‘बी’ डिभिजन लिग : चर्च ब्वाइजको जीत

काठमाडौं, चैत १६। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ। सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागाइँले गोल गरे। खेलको ५२औँ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाए ।
यस जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान खेल खेलेको आरसिटीको १५ अङ्क छ । आरसिटी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८ १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय