Kath khabar
जमिनबाट निस्कने पानी जाडोमा तातो र गर्मीमा चिसो किन हुन्छ ?


        काठमाडौं, चैत २७। तपाई हामी सबैले महसुस गरेका छौ कि जाडो मौसममा ह्यान्डपम्प वा कुनै इनारबाट ताजा पानी निकाल्दा चिसो होइन तातो पानी निस्कन्छ। यसैगरी गर्मीमा चिसो पानी निस्कन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यस्तो हुन्छ ? यसका पछाडि विज्ञान लुकेको छ।

चिसो मौसममा जमिनबाट निस्कने तातो पानी र पानीको तापक्रम एकअर्काका परिपूरक हुन्छन् । जमिनभित्र रहेको पानीले मौसममा खासै असर गर्दैन । त्यसैले जाडो मौसममा पनि जमिनबाट तातो पानी निस्कन्छ र गर्मी मौसममा चिसो ।

यसको अर्को कारण जाडो मौसममा शरीरको तापक्रम निकै कम रहन्छ भने जमिनभित्र रहेको पानीको तापक्रम ठ्याक्कै उस्तै रहन्छ । जसका कारण हामी पानी तातो महसुस गर्छौं। गर्मी मौसममा भने ठीक उल्टो हुन्छ । अर्थात् गर्मी मौसममा हाम्रो शरीरको तापक्रम उच्च हुन्छ भने जमिनबाट निस्कने पानी सामान्य हुन्छ । जसका कारण हामीलाई चिसो महसुस हुन्छ ।

यसका साथै पृथ्वीको सतहमा तातो लाभा रहेको भनिन्छ । यस्तो अवस्थामा लाभाको माथिबाट पानी निस्कँदा तातो हुन्छ। संसारमा धेरै ठाउँमा जमिनमुनि ज्वालामुखी छन् र पानी परेपछि तातिन्छ भन्ने पनि धेरैको विश्वास छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update