Kath Khabar
न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता शुरु, शृंखला खतिवडा प्रशिक्षक हुने

काठमाडौ, जेठ ४ । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी अगस्त १४ शनिबार, २०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्नेछन् भने दर्ता गर्ने अन्तिम समय जुन १५, २०२१ राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१–२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन् २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका–२०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी–२०१९ ) मा न्यूयोर्ककी श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् । यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड –२०१८ कि (पूर्व नेपाल सुन्दरी ) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।

११ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

थप जानकारीको लागि लिंक
http://www.missnepalnorthamericapageant.com/?

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update