दुर्गेश र एन्जल अभिनित “दिलकी रानी”

काठमाडौं, जेठ ४ । सुमधुर आवाजका धनी गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत “दिलकी रानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा रया्पर जेम्स बिश्वकर्माको रया्प रहेको छ । डि सिरिज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘दिलकी रानी’ अहिले चर्चामा रहेको छ ।
दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गर्नुभएको छ । छायाँकार राजेश घिमिरेले छायांकन गर्नुुभएको भिडियोलाइ कजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो भने मिलन बिश्वकर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाइ फिचर्ड गरिएको छ । म्युजिक भिडियोलाई दिव्या शर्मा र बि कौशिकले निर्माण गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय