Kath Khabar
बरिष्ठ गीतकार चेतन कार्कीको अन्तिम म्यूजिक भिडियो ‘मर्न दिदैन माया’ सार्वजनिक


काठमाडौ, जेठ ४ । बरिष्ठ गीतकार चेतन कार्कीले लेख्नु भएको गीत ‘मर्न दिदैन माया’ म्यूजिक भिडियो अन्तिम रहेको छ । बरिष्ठ संगीतकार, गायक नारायण ओलीको आवाजमा सजिएको गीत ‘मर्न दिदैन माया’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार नारायण ओलीले आफ्नो सामाजिक संजालमा सम्झिदै लेख्नुुभयोः

आदरणीय चेतन कार्की,
‘तपाईंले गन्ती गरे अनुसार एक बर्षमा हाम्रो ६७ वटा गीत भयो भनेको झल्झली याद आउँछ । त्यस मध्ये १८ वटा जति आउने क्रममा थिए । धेरै मलाई गाउन भन्नुभयो, केही फरक स्वरमा थिए । सबै गीतहरु हजुरद्वारा नै संगीतबद्ध भएकोले कुनलाइ तपाइँको अन्तिम गीत भनौ ? भने अलमलमा छु । त्यसै मध्यको छायांकन भएको यो गीतलाई नै अन्तिम मानी यो दुःखद घडीमा सबै गीत संगीत साहित्य अनुरागीहरुको माझ सम्झना स्वरुप राखेको छु । अन्य स्टुडियोमा तयार भएका गीतहरू देहरादुनबाट आएपछी सुन्ने अनि अरु नयाँ गर्दै जाने भन्ने तपाइँको बिचारमा दैबको तगारो लाग्यो । तर सृजना भनेको स्रोताको लागि नै भएको हुनाले मेरो तर्फबाट तनमनले भ्याएसम्म पुर्याउने कोशिश गर्नेछु । यो जुनिमा अधुरा रहेका कामहरू अर्को जुनि यदि पाइने भए संगै मिलेर पुरा गरौंला’ ।

‘मर्न दिदैन माया’ म्यूजिक भिडियोमा गीतकार स्वंमको कन्सेप्ट रहेको थियो । समाजको वास्तविक घटनालाई भिडियो मार्फत प्रस्तुत गरेको छ । सुभाष प्रधानले सो गीतको निर्माणमा सहयोग गर्नुभएको थियो । यो गीतमा चर्चित मोडेल मनोज ओलीको जीवन्त अभिनय रहेको छ र उहाँलाई रश्मी श्रेष्ठले साथ दिनुभएको छ । डम्बर राइको छायांकन तथा टेकेन्द्र सम्पादन रहेको छ ।  भिडियोको निर्देशन चाँदनी शाहीले गर्नुभएको हो । सो म्यूजिक भिडियो म्यूजिक नेपालको युट्युब मार्फत हेर्न सकिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update