Kath khabar
महिनावारी ढिलो गराउन का  लागि महिलाहरुले  चक्की खाने गर्छन् ,  तर यसको साइड इफेक्टबारे सचेत छैनन्।  

 

काठमाडौं,  वैशाख  २६ ।  महिनावारीको वरिपरिको ‘अपवित्रता’ भन्ने गहिरो धारणाले महिलालाई विभिन्न सामाजिक कार्यहरूबाट  महिलाहरिलाई टाढा बस्न  बाध्य बनाउँछ। उनीहरुको सहभागिता  र  ुशुद्धु रहन भने आवश्यक  छ जसको लागि, धेरै महिलाहरूले हर्मोनल चक्कीहरू खाने गर्छन ।  प्रायः ओभर-द-काउन्टर (OTC) किनेर खाने  र स्त्री रोग विशेषज्ञसँग परामर्श चाही नगर्ने गर्दछन।  यी चक्कीहरुले  प्राकृतिक महिनावारीमा ढिलाइ गर्छन्।  त्यस्ता चक्कीहरूको सेवनले महिनावारी भएका व्यक्तिहरूको लागि ठूलो स्वास्थ्य खतरा निम्त्याउँछ, जसको बारेमा धेरैलाई थाहा नै हुदैन।   

पछिल्लो समय महिनावारी प्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आए पनि महिनावारीको समयमा ‘महिलाले छुनु हुँदैन’ भन्ने धारणा अझै रहेको छ। एउटी महिलाको महिनावारी औसत २ ,५३५  दिन हुन्छ ( यो लगभग सात वर्ष हो।) महिनावारीदेखि रजोनिवृत्तिसम्म मनाउने अभियान र सचेतना अभियान संचालन गरे तापनि  नेपालमा गहिरो जरा गाडिएको झैँ  विश्वास प्रणाली रहेको छ जसले  केटीहरू र महिलाहरूलाई केही आवश्यक कामहरू गर्नबाट रोकेको छ। ग्रामीण क्षेत्रका धेरै केटीहरू महिनावारीका कारण विद्यालय जान छाड्छन्।  कतिपय महिलाका लागि आफ्नो इच्छाअनुसार महिनावारी ढिलो गर्नु मुक्तिदायी हुनसक्छ भने कतिपयले आफ्नो मासिक चक्रलाई धार्मिक गतिविधिमा सहभागी हुन पाउने कुरा सुनिश्चित गर्नका लागि चक्की खान बाध्य हुँदा महिलामाथिको सामाजिक नियन्त्रणको अर्को प्रकटीकरणको कुरा उब्जन सक्छ।  

महिनावारी रोक्न चाहने महिलाले डाक्टरसँग परामर्श गरी सम्भावित साइड इफेक्ट र स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराउनु पर्ने चिकित्सकहरू बताउँछन्। डाक्टर भोला रिजाल ( HAMS अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञका वरिष्ठ सल्लाहकार )अनुसार महिनावारी चक्रको अन्तिम केही दिनहरूमा शरीरमा प्रोजेस्टेरोन हर्मोनको स्तर घट्दै जान्छ र पाठेघरको सतह पतिलिदै गएर महिनावारी निम्त्यौछ ।  
हामीले बजारमा दुई प्रकारका हर्मोनल चक्कीहरू  पाउन सक्छौजसले  महिनावारीलाई नियमन गर्न प्रयोग गर्न सकिन्छ, मौखिक गर्भनिरोधक चक्कीहरू ( जसमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनहरू हुन्छन् , र  अर्को प्रोजेस्टेरोन-मात्र चक्की।  

मौखिक गर्भनिरोधक चक्कीहरू सरकारले अनुदानमा उपलब्ध गराएको छ र निलोकन ह्वाइट, गुलाब चक्की नामक चक्की उपलब्ध छ , जसको एक महिनाको डोजको मूल्य रु ३५-५० पर्छ। प्रोजेस्टेरोन-मात्र चक्कीहरू तुलनात्मक रूपमा थोरै महँगो हुन्छन्।  केही सामान्य साइड इफेक्टहरूमा अनियमित महिनावारी, वाकवाकी आउने , बान्ता र स्तन फुल्ने जस्ता कुरा हरु छन्। 
 
 चक्कीहरूको नियमित सेवनले पाठघरमा हुने संक्रमण वा पाठेघरको मुखको क्यान्सर जस्ता अन्य विभिन्न रोगका लक्षणहरू देखिन सक्ने सम्भावना हुन्छ।  आफ्नो शरीरको बारेमा, चक्की के हो र यसले के गर्छ भनेर जान्न धेरै महत्त्वपूर्ण छ। यी सामाजिक मनोवृत्तिहरूलाई सम्बोधन गर्ने र त्यसलाई हटाउने हो भने महिनावारी एक प्राकृतिक घटना हो भनी जनसाधारणलाई शिक्षा दिनमा ध्यान केन्द्रित गर्नुपर्छ। थप रूपमा, महिनावारी भएका व्यक्तिहरूलाई सूचित निर्णयहरू लिन मद्दत गर्नको लागि सेवन गरिरहेको औषधिहरूको ज्ञान महत्त्वपूर्ण छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update